रिटर्नी फेडेरेसन नेपाल मालारानीको अध्यक्षमा दामोदर भुसाल

Workplace

२९ माघ, हरि कुँवर अर्घाखाँची । नेकपा (एमाले) निकट कान्छो जनवर्गिय संगठनको रूपमा मान्यता पाएको रिटर्नी फेडेरेसन नेपाल मालारानी गाउँपालिकाको भेला सम्पन्न भएको छ । रोजगारीको अभावमा वाध्यताले पलायन हुन परेको र थोरै भए पनि पुँजी, ज्ञान, सीप र अनुभव बोकेर स्वदेश फर्किएका नेपाली युवाहरु एक जुट भएका हुन ।

नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालको अर्घाखाँची , प्रथम पालिका स्तरिय भेला आज मालारानी गाउँपालिकामा सम्पन्न भएको छ । भव्यरूपमा सम्पन्न भएको भेलाले दामोदर भुसालको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटीको गठन गरेको थियो ।

उपाध्यक्षमा लिल बहादुर राजकोटी ,सचिव सन्तोष खनाल कोषाध्यक्ष बिष्णु बहादुर महत , सह- सचीव चिन्तामणी आचार्य सदस्य हरुमा शेषकान्त सुवेदी, बसन्त चौहान,रमेश के. सि. ,बिष्णु प्रसाद खनाल, गोबिन्द पोखरेल ,गिर बहादुर बि. सि. , गंग बहादुर पुन,फम बहादुर पुन,दुर्ग बहादुर घर्तीमगर ,रेनु भुसाल खनाल ( महिला ) निम बहादुर थापामगर( जनजाति ) कृष्ण बहादुर बि. क. (दलित ) रहेका छन ।

नेकपा एमाले केन्द्रिय कमिटी सद्स्य, जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अथिती चन्द्र खड्का उज्जलले नेपाली राजनीतीक,सामाजिक,आर्थिक समृधि ल्याउन युवाहरूले महत्त्वपूर्ण भुमिका खेलेको बताए । जनताको मुहारको मुस्कान युवाहरु नै मिलेर जोगाउन सक्ने स्पष्ट पारे ।

मालारानी गाउँपालिका अध्यक्ष बाल कृष्ण आचार्य, जिल्ला कमिटी सद्स्य तिलक मिश्र, आर एफ एन सह कोसाधक्ष्य बसन्त केसी, रिटर्नी फेडेरसन नेपालका केन्द्रिय सद्स्य रामु गैरे , मित्रमणी मिश्र, नारायण पन्थी र लील बहादुर बिकको उपस्थितिमा सागर खड्काको स्वागत मनतव्य बलराम भुसाल को अध्यक्षता रहेको कार्यक्रम राजेन्द्र पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा वाइसीएल गोखुङ्गा इन्चार्ज युवाराज पन्थी , यम बहादुर घर्ती , गङ्गा बहादुर पुन, बल बहादुर परियार नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै