
२९ माघ, बाबुराम रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका वडा नम्बर – ९ देउराली खाेला निवासी अमृता राेका घर्ती घरबाट मिति २०७८ माघ २८ गते विहान देखि बेपत्ता भएकी छन्।
कमल बहादुर घर्तीकी २२ बर्षिया श्रीमती अमृता राेका घर्ती शुक्रबार देखि बेपत्ता भएकी हुन् । श्रीमान र श्रीमती बीच एक आपसमा राम्रो सम्बन्ध हुँदा हुँदै पनि आफु वैदेशिक रोजगारीको शिलसिलामा साउदि अरवियामा गएको बखत उनकी श्रीमती २ दिन देखि घर परिवारबाट बेपत्ता भएको श्रीमानका साईला बुवा विन बहादुर घर्तिले जानकारी दिए ।
घरकाे जिम्मेवारी आफ्नै हातमा लिएकी राेकाले श्रीमानले पटक-पटक घर खर्चकाे लागि पठाएकाे करिब ७/८ लाख रकम समेत हिनाविना पारी फरार भएकी परिवारको भनाइ छ ।
बेपत्ता महिला अमृता राेका घर्तीलाई कतै देखेमा नजिकैको प्रहरी चौकी तथा परिवारमा सम्पर्क गरि सहयाेग गरिदिन परिवारले अपिल गरेका छन् । परिवारको सम्पर्क नं.९८६७२५६७९०, ९८४३८७३३५८ ९८४२२९०६७२ रहेको छ ।