
२६ माघ, अर्घाखाँची । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको मञ्जरी युवा क्लबले कल्बको स्थापना दिबसको अबसर पारेर खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा सहभागी जनाउने इच्छुक सघ संस्था,क्लब वडा तथा वडाले फागुन ५ गतेसम्म तिम दर्ता गराउन पाउने कल्बका अध्यक्ष विक्रम नेपालीले बताए ।
सहभागीहरु मध्ये प्रथम पुरस्कार नगद रु बिस हजार(२००००)मेडल प्रमाणपत्र, द्धितीय पुरस्कार नगद रु दश हजार (१००००) मेडल प्रमाणपत्र, तृतिय पुरस्कार नगद रु पाँच हजार(५०००) मेडल प्रमाणपत्र रहेको अध्यक्ष नेपालीले बताए ।
खेल फागुन ६ गतेदेखि सुरु हुने भएको छ । टिम दर्ता शुल्क २ हजार लाग्ने कल्बले जनाएको छ । सहभागी टिमहरुले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्ने समेत कल्बले जनाएको हो ।