
२५ माघ, अर्घाखाँची । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन सन्धिखर्कमा सोमबार सम्पन्न भएको छ । अधिवेशनले बसन्त श्रेष्ठको अध्यक्षतामा २३ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षमा सविता आचार्य, करिष्मा खनाल, सचिवमा माधव बेल्वासे, सहसचिवमा सिद्धार्थ केसी, कमला परियार र कोषाध्यक्ष श्रृजन भुसाल रहेका छन् ।

