‘सामाजिक कर्मले थपिएको उर्जा’

Workplace

२० माघ, हृदय भुसाल अर्घाखाँची । ११ सन्तानकी आमा गुल्मी दरबार गाउँपालिका वाड नं. ३ गौँडाकोटको स्वास्थ्य चौकीमा ८० बर्षिय देविकला टण्डने पहिलो पटक खोप लगाइन् । पिठ्युमा स्वयमसेवीका लिला थापाले बोकेर स्वास्थ्य चोकीमा लगी कोभिड १९ बिरुद्धको जोमसोम खोप लगाइदिईन् ।

कोभिडको माहामारी संकट भएपनि बृद्ध टण्डन अहिले उनी गाउँको घरमा एक्लै छिन्, । दुई छोराहरु घर बाहिर एउटा दिल्लीमा रोजगार छन् ।भने एक छोरा दिल्लीमा काम गरि पेन्सन आए अहिले वुटबलमा बस्दै आएका छन्, गाउँमै छोरीहरु भएको कारण छोरीहरुले नै उनलाई हेरचाह गर्ने गरेको छिमिकीहरुले बताए ।

अलि बिकट गाउँ यातायातका साधन नचल्ने वाटो पनि अपठ्यारो भएका कारण गाउँकै स्वास्थ्य स्वयमसेबिका लिला थापाले घरबाटै पिठ्युमा लगेर खोप लगाएकी हुन् ।थापालाई खोप लगाए पछि ज्वारो आयो, सिटामोलको प्रयोग पछि निको भयो, । वृद्ध देबिकलाले भनिन,सुरुमा खोप लगाउन अली डर लाग्यो लगाउन भन्दा पनि लगाईन, गाउँभर सवैले लगाउदा पनि लगाईन,तर पछि सबैले लगाउन पर्छ भने,र स्वयमसेबिकाले पनि लगाउ भने पछि हिड्न गाह«ो हुने, गाउँकै स्वास्थ्य स्वयमसेबिकाले लगिन, तर लगाएपछि ज्वरो आयो पहिला त के हुन्छ भन्ने भयो सवैले भनेपछि अहिले मन थिर भएको छ ।

गाउँमै वृद्ध अबस्थामा पनि एक्लै बसेकी टन्डन आफै खाना पकाउने खाने, नुहाउने धुने जस्ता दैनिकी गरिने काम आफै गर्दै आएकी छिन् ।उनलाई छोराछोरी हरुले बुटवल काठमाण्डौ बसौ भन्दा पनि मानिनन् ।केही समय काठमाण्डौ गयर बसे पनि उनी फेरी गाउँमै फर्किईन, । उनले भनिन,मलाई गाउँको बिस्तारा नै प्यारो लाग्यो, गाउँघरको बसाई जस्तो बजारमा हुन्न गाउँको खाना,गाउँका इष्टमित्र दिदिबहिनी लाई भुल्न गाह«ो हदो रहेछ,छोराछोरीले संगै बस्न भनेको भनै छन्,तरपनि मेरो खुसीले नै गाउँमै बसेकी छु,।

देबिकलाले केही समयदेखी पेरेसरका औषधी खादै आएका साथै स्वास्थ्यमा खुट्टाको औलामा सामन्य समस्या बाहेक तेती समस्या नभएको र उहाँलाई छोराछोरीले राम्रो सहयोग गर्दे आएको स्वयमसेबिकाले बताईन् ।

जनताको सेवामा यसरी दिनरात लाग्ने स्वास्थ्य स्वयमसेबिका लिला थापाले भनिन,सामाजिक काम गर्न पाउँदा थप उर्जा आउछ,काममा बिश्वास गर्छु मेहनत गर्छु,सामाजिक सेवाको कामलाई महत्वका साथका काम गर्छु जनताको सेवा गर्न पाउँदा आनन्द लाग्छ गुल्मी दरबार गाउँपालिका वाड ३ को स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य स्वयमसेबिका लिला थापाले बताईन् ।

४२ बर्षिय स्वयमसेबिका थापा सामाजिक काममा कृयाशिल छिन् । उनको एकछोरा एक छारी श्रीमान र आफुसहित ४ जनाको खुसी परिवार छ । थापाले भनिन,,स्वयमसेबिका संगै कृर्षि काम गछुर्, श्रीमानले गाउँकै साना कृषान सहकारीमा प्रबन्धकको काम गर्नुहुन्छ, एक आपसमा सहयोग गछौ,परिवार खुसी छौ,सामाजिक काम गर्न दुबै जनालाई रुचि लाग्छ उनले भनिन, ।

उनले गाउँका हरेक समस्यामा यसैगरि नै सवैलाई सहयोग गर्छिन् । २०७१ सालदेखी स्वयमसेबिकाको काम गर्न लागेकी थापा झन पछि झन उर्जाशिल काम गर्दे अगाडी वढ्न सफल भएको गाउँलेहरुले बताए ।

यसरी सवै स्वास्थ्य कर्मि तथा सार्वजनिक निकाएका ब्यतmीहरुले सामाजिक भावनाका साथ काम गर्ने हो भने जस्ता सुकै बिपत पनि सहजै सामना गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै