
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले एमसीसीमा सभामुख अग्निप्रसाद सापकोटाले अवरोध गरे महाभियोग (आचरणविरुद्धको प्रस्ताव) ल्याउनुपर्ने बताएका छन् । उनले सभामुखविरुद्ध कांग्रेसले प्रस्ताव ल्याए एमालेले साथ दिने बताएका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा एमाले सचिव रायमाझीले कांग्रेसले सभामुख सापकोटालाई हटाउन प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् । सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।