
१६ माघ, अर्घाखाँची । पुर्व संविधान सभा सदस्य डा. दुमन थापाको निधन भएको छ । उहाँको आज अाईतबार काठमाडौंमा निधन भएको हो ।
थापाले अर्घाखाँची क्षेत्र नं. २ बाट संविधान सभामा तत्कालिन नेकपा एमालेबाट चुनाव जित्नुभएको थियो । उहाँ हाल भने नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुनुहुन्थ्यो ।
उहाँले मृगौला प्रत्यारोपण गर्नुभएको थियो । उहाँको निधनले सम्पूर्ण अर्घाखाँची जिल्लाबासी दुखी भएका छन् । उहाँ सबैका लोकप्रिय नेता समेत हुनुहुन्थ्यो ।