६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

थप ३ हजार ५ सय ४० जनामा कोरोना पुष्टि

Workplace

१६ माघ, काठमाण्डौं । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय ४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ५९ जना निको भएका छन् । यस्तै थप ३२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो २४ घण्टाको नभइ यस अघि विवरण प्राप्त हुन बाँकी घटनाहरू रहेको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।

अहिले नेपालमा ८३ हजार नौ सय ९९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै