कांग्रेस प्रति जनताकाे विश्वास बढेर गएकाे छः सहमहामन्त्री विष्णु मुस्कान

Workplace

१५ माघ, अर्घाखाँची । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिस्नु प्रसाद खनाल मुस्काले नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको जनलहर बढेको बताउनु भएको छ । काङ्ग्रेसले मालारानी ४ खनमा आयोजना गरेको पार्टी प्रबेस कार्यक्रम लाई सम्बोधन गर्दै सहमहामन्त्री मुस्कानले अब आउने तिनै तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेसका सबै जिल्लामा लाई काङ्ग्रेस मय बनाउने दाबि गर्नु भयो ।

मुस्कानले काङ्ग्रेस पार्टी जन्ताको प्रिय पार्टि भएको बताउदै काङ्ग्रेस प्रति जन्ताको बिश्वास बढेर गएको बताउनु भयो । मालारानि ४ मा भएको कार्यक्रममा एमाले सहित अन्य दलपरित्याग गरि काङ्ग्रेसमा प्रबेस गरेका नबप्रबेसिहरुलाई काङ्ग्रेस पार्टिमा नेता मुस्कान काङ्ग्रेस जिल्ला सचिब कृस्न प्रसाद खनाल काङ्ग्रेस मालारानिका सभापति सोभाखर खनालले काङ्ग्रेस पार्टी भित्र स्वागत गर्नु भएको थियोे।

खन ४ मा ९ घर परिवार आज एक समारोहका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । साथै कांग्रेस खनको टोलसमिती गठन समेत गरिएको छ । कार्यक्रमा खनका वा सभापति बिनिराम पोख्रेल काङ्ग्रेस सचिब रविन घिमिरे लगाएत ले नब प्रबेसिलाई कांग्रेसमा स्वागत गर्दै वार्ड कार्यालयमा भएको भ्रस्टाचार को भन्डाफोर अभियान संचालन गर्ने बताउनु भएको थियोे । काङ्ग्रेसमा प्रबेस गर्नेहरुमा माया बि क,गोमा बिक,सुवास बिक,चुरा बहादुर बिक,बिनबहादुर बिक,रुपा बिक,रमेश बिक,कृपा ब बिकर राम बहादुर बि कलगाएत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै