१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार

सत्ता गठबन्धनको बैठक बस्दै

Workplace

१५ माघ, काठमाण्डाै । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको चुनावकाे मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलपछि आज गठबन्धनको बैठक बोलाइएको हो। तर बैठकको समय अहिलेसम्म टुङ्गो नलागेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैचोटी गर्ने गरी छलफल गर्दै आएका छन् । तर आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले ठोस निचोड निकाल्ने नेताहरुले प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा कानुनविद्ले तोकिएको मिति वैशाखमै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै