१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

भिजिट भिसामा खाडी देश र मलेसिया जान नपाउने निर्णय गृह मन्त्रालय द्वारा संशोधन

Workplace

१० माघ, काठमाण्डाै । भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेकाे छ ।

अत्यावश्यक काम र राम्रो आय भएको अवस्थामा भिजिट भिसामा ती देश जान पाइने मन्त्रालयले जनाएको छ । अब तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी देश र मलेसिया भ्रमणका लागि सरकारले प्रस्थान अनुमति दिनेछ ।

कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी देश र मलेसियामा गएर नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी यो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई प्रस्थान अनुमति दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै