अहिलेको सरकारको मुख्य ध्यान नै नागरिकको सुरक्षमा केन्द्रित छः प्रधानमन्त्री देउवा

Workplace

७ माघ, काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले अहिले सरकारको मुख्य ध्यान नै नागरिकको स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बताउनुभयो । उहाँले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।

Workplace

प्रधानमन्त्री देउवाले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ । उहाँले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताउनुभयो । गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उहाँको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मल÷बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै त्यसका लागि तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सरकार गठनको ६ महिना पुगेको अवसरमा आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै