
६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको अाज बिहीबार बसेको बैठकले माघ ९ गते अाइतबार देखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
शुक्रबार र शनिबार हुने प्रवेश परीक्षा भने यथावत रहने छ । यस अघि बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए-नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिनुभएको थियो । काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।
