२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

कोरोनाका सक्रिय संक्रमितकाे संख्या ५० हजार नाघ्याे, २४ घण्टामा १२ हजार तीन सय ३८ जनामा कोरोना पुष्टि

Workplace

६ माघ, काठमाडौँ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गरिएकोमा १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ४९ जना संक्रमित निको भएका छन् । यसैबिच थप चार जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुएको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर गरी ५७ हजार तीन सय २८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार दुई सय १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै