जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची द्वारा कोभिड सम्बन्धि सचेततामुलक कार्यक्रम अन्तर्गत माक्स वितरण तथा माइकिङ

Workplace

५ माघ, नवीन रसाइली अर्घाखाँची । अर्घाखाँची जिल्लामा कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतना जगाउने उदेश्यका साथ आज बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची तथा मातहत पोष्टहरुबाट खटिएको संयुक्त ट्राफिक चेकिङ टोलिले सचेतनामुलक कार्यक्रम अन्तर्गत माक्स वितरण तथा माइकिङ कार्यक्रम सम्पन्न गरेको छ ।

Workplace

जिल्लाका विभिन्न ठाउँमा गरिएको सवारी साधन चेकजाँचको क्रममा सार्बजनिक सवारी साधनले कोभिड १९ बाट बच्नको लागी सुरक्षा मापदण्ड पालना गरे/नगरेको, सवारी साधनमा मास्क र सेनिटाईजर भए नभएको, सवारी चालक, सह- चालक तथा यात्रुहरुले मास्क प्रयोग गरे नगरेको सम्बन्धि जानकारी लिइएको थियो ।

विभिन्न ठाउँमा गरिएको चेकजाँचमा ३ पटकमा करिब २०० पिस मास्क बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै सचेततामुलक कार्यक्रममा कोभिड १९ बाट कसरी सुरक्षित हुने सम्बन्धि माईकिङ समेत गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै