
२६ पुस, नविन रसाईली पाल्पा । सन्चारकर्मी रमेश बिश्वकर्माको पहलमा अलपत्र परेको शवलाई व्यवस्थापन गरिएको छ । नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ३ निवासी कार्तिक परियार कि श्रीमतीको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा पुस २४ गते निधन भएको थियो । राधिका परियारको मृत्यु पछि २२ महिनाका छोरा र श्रीमान आर्थिक अभावका कारण शव संगै अस्पतालमा अलपत्र परेका थिए । आफ्नी मृतक श्रीमतीको अस्पतालमा रहेको शवलाई घाटमा लगेर अन्तिम दाहसंस्कार गर्न समेत पैसा नभएकोले कार्तिक परियार अस्पतालमा अलपत्र परेका बेला सन्चार्कर्मी रमेश बिश्वकर्माले सामाजिक संजालमा आर्थिक सहयोगको लागि अपिल थिए ।
मृतक राधिका आगोमा जलेर २ महिना देखि अस्पतालमा उपचार गराइरहेकी उनका श्रीमान कार्तिकले बताए । उनलाई उपचार गर्न आउदा उनी सङ चार सय रुपैया मात्र थियो अस्पतालको सामाजिक सेवा माफत एक लाख ओसी हजार एक सय उन्नासी रुपैया मिनाहा गरेको कार्तिकले बताए । उनको यो पिडादायिक अवस्था देखेर विभिन्न समाजसेवीहरुले आर्थिक सहयोग गरेका हुन् । २४ गते मृत्यु भएको राधाको शव २५ गते आइतबार बटवलमा अन्तिम दाहा सस्कार गरिएको थियो ।
उनलाई मिसन अस्पताल पाल्पाले पनि दुई मैना बस्दा सम्मको खाना, बच्चालाई दूध हस्पिटलले ब्यवस्था गरेको थियो । विभिन्न सहयोगिहरुबाट आर्थिक सहयोग संकलनबाट नगत रु १५८०५ जम्मा भएको थियो । आर्थिक सहयोग अभियानको सुरुवात गोमा सापकोटा रेग्मिले पाच हजार दियर गरेकी थईन । जम्मा भएको रकमलाई रमेश विश्वकर्मा र जानकी आचार्यले कार्तिकलाई हस्तान्तरण गरि सव लाई गाडिमा राखी बुटवल सम्म पठाएको रमेशले जानकारी दिए । बुटवलमा लुम्बिनी अस्पतालमा पत्रकार शिव डुम्रेको टिमले पोट्माट गरि अन्तिम दाहसंस्कार गरि कार्तिक र कार्तिकको छोरालाई घर सम्म पुर्याइएको थियो ।
