साथी सहकारी संस्था लिमिटेडको ९ औ साधारण सभा सम्पन्न, अध्यक्षमा प्रकाश भुसाल चयन

Workplace

२४ पुस, अनिल नेपाली, अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको छ। साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अर्घाखाँचीको नवौं साधारणसभालाई शनिबार सम्बोधन गदै भुसालले सहकारीले उत्पादनमुलक क्षेत्र प्राविधिक शिक्षा तर्फ लगानी गरि जिल्लामा स्वरोजगारीका अबसर सिर्जना गनुपर्ने बताउनुभयो। छरिएर रहेका सहकारी अब एकिकृत भई उत्पादनमा लाग्नुको विकल्प नरहेको उहाको भनाई छ। नगरपालिकाबाट हुने सहयोगमा आफु जहिले पनि प्रतिबद्ध रहेको बताए । कार्यक्रममा भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले सहकारी विकासको मेरुदण्ड भएकाले सहकारीले निजि क्षेत्र सँग सम्वन्य गरेर उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने बताए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक किशोरले सहकारी विकासको मेरुदण्ड भएकोले सहकारी रणनिति योजना कार्यनिति सहित समृद्ध नेपालको अभियानमा लाग्नुपर्ने बताउदै नगरपालिकाले जहिले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब मुक्तिराम आचार्यले जिल्लामा साथी सहकारीले महत्बपुर्ण भुमिका खेलेको बताए । कार्यक्रममा अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोण प्रसाद भुसाल पत्रकार महासघका अध्यक्ष अशोक खनाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सहकारीले जेष्ठ नागरिक ऋषिराम आचार्य, बल बहादुर वली ,खिमानन्द घिमिरे , गणपति भुसाल असल बचतकर्ता प्रेमनारायण भुसाल , सावित्रा बस्याल , राकेश नाउ ,सिता श्रीपाली सुनार धुब न्यौपाने , असल ऋणी नरमता भाट क्षेत्री , शोभा थापा खुमा बूढा मगर टिकाराम नेपाली , प्रेम पौडेल उत्कृष्ट सहकारी पत्रकारिता तर्फ पत्रकार अनिल नेपालीलाई सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष धर्मराज भुसालले प्रस्तुत गर्नुभएको थियो भने निति तथा कार्यक्रमको बारेमा संस्थाका कार्यकारी निर्देशक प्रकाश भुसाल लेखा सुपरिबेक्षण समितिको तर्फबाट संयोजक नेत्र प्रसाद भुसालले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल पुजी रु १५७,७१,८८८.४३ रहेको छ भने शेयर पुजी रु २०,७६८,८०० र जम्मा बचत रु ११६,२५८.४८४.४७ ऋण लगानी ८५,३४४,८०५.८८ रुपैया रहेको आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ । संस्थाले बिधार्थी सँग साथी बाताबरण सँग साथी लगायतका चाक लाग्दा कार्यक्रम पनि सगैसगै लिएको छ ।

जिल्लामा भईपरि आउने विभिन्न प्राकृतिक प्रकोप लगायतका विपद्का समयमा पनि सहयोग गदै आएको छ भने छोटो समयमा जिल्लामा सहकारीको चर्चा कमाउन सफल भएको सहकारीमा २६८० जना शेयर सदस्य रहेका छन् । सहकारीले कोरोनाका कारणबाट आफनो ज्यान गुमाउने शेयर सदस्य १० जनालाई १० हजारका दरले राहत रकम दिएको थियो ।
यस्तै साथी सहकारी अर्घाखाँचीको अध्यक्षमा प्रकाश भुसाल निर्वाचित हुनु भएको छ । आज भएको सहकारीको नवौ साधारणसभाले प्रकाश भुसालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक द्रोण प्रसाद भुसालले बताउनु भयो । जसको उपाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ, र सञ्चालक समितिको सदस्यमा काजी श्रेष्ठ, केशव घिमिरे , डिलाराम भुसाल, नेत्रप्रसाद भुसाल, विमला केसी, मञ्जु आचार्य र ललिता पाण्डे रहनु भएको छ । लेखा समितिको संयोजक विष्णुप्रसाद बन्जाडे र सदस्यहरुमा निराजन बस्याल र शान्ता पौडेल रहेका छन् । अधिवेशनको आज एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै