पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना पुष्टि, २ सय ६२ जना निको

Workplace

२३ पुस, काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गर्दा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ सङ्क्रमित निको भएका छन् । यो अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा पाँच हजार सात सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म दुई करोड ५९ लाख पाँच हजार ६ सय ६३ मात्रा खोप प्रयोग भएकोमा एक करोड १० लाख दुई हजार नौ सय ७६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४९ लाख दुई हजार ६ सय ८७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै