१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

अब देखि पार्टीमा कुनै गुटबन्दी हुन दिदैनौंः महामन्त्री थापा

Workplace

१९ पुस नविन रसाईली अर्घाखाँची । नेपाली कांग्रेसका नवनिवार्चित महामन्त्री गगन कुमार थापाले अब देखि पार्टीमा कुनैपनि गुटबन्दी र भागबन्डा हुन नदिने बताएका छन् । अर्घाखाँचीको पाणिनी गाउँ पालिकामा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले आउँदो चुनाव जितेर ५ वर्ष सरकार चलाउने गरि तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका हुन ।

महामन्त्री थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन नसकेको देशलाई अस्थिरतामा धकेलेको भन्दै अबको चुनावमा नेकपा एमालेलाई दण्ड दिनुपर्ने उनको भनाई थियो । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले देशले दुःख पाएको समेत बताए ।

नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म १५ लाख जनालाई कांग्रेस प्रवेश गराउने लक्ष्य राखेको बताउंदै उनले पार्टी प्रवेशलाई अभियानकै रुपमा अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै