माओवादीको महाधिवेशन सकियो, दुई सय ३६ केन्द्रीय कमिटी सदस्य चयन

Workplace

१९ पुस, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय आठौं महाधिवेशन सकिएको छ । गएको पुस ११ गतेदेखि काठमाण्डौंमा सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतवार सकिएको हो । महाधिवेशनले दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गरेको छ ।

महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने आज सोमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने उहाँले बताउनुभयो ।

त्यसैगरी महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको नेता महराले जानकारी दिनुभयो ।

यसैबीच नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको दाबीसमेत गरेका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित रामप्रसाद सापकोटा दिपशिखाले अन्य राजनीतिक दलभन्दा पनि बढी लोकतान्त्रिक ढङ्गले केन्द्रीय कमिटी चयन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलितसहितको केन्द्रीय कमिटी बनाएर आफ्नो पार्टीको महाधिवेशन ऐतिहासिक रूपमा सफल भएको दाबीसमेत गर्नुभयो ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीप्रति कसैको पनि विमति नरहेको अर्का नवनिर्वाचित केन्द्रीय सदस्य अनिल शर्माले बताउनुभयो । उहाँले सर्वसम्मत रूपमा केन्द्रीय कमिटी चयन हुनु भनेको आफूहरूका लागि गौरवको विषय भएको र यसले देशको राष्ट्रिय राजनीतिलाई नेतृत्व गरेर अघि बढाउने बताउनुभयो ।

माओवादी केन्द्रको पदाधिकारी भने केन्द्रीय समितिले चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै