
पुस १३, हृदय भुसाल अर्घाखाँची । छत्रदेब गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासघ अर्घाखाँची शाखाको सहजीकरणमा छ्त्रदेब गाउँपालिकाको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले आफुहरु सुशासन प्रबर्द्धन,सबल र समृद्ध गाउँपालिका निर्माणमा एउटै ध्ययका साथ लागेको बताउनु भयो । प्रमुख अतिथि समेत रहनु भएका पोख्रेलले उठेका जिज्ञासा माथी जबाफ दिदै बिकास र जनताको सेबामा सबै पक्ष संघ हातेमालो गर्दै अगाडी बढेको भन्दै गाउँपालिकाले घरछाना मुक्त गाउपालिका,दलित तथा गरिब घर उज्यालो कार्यक्रम,साथै शिक्षा स्वास्थ कृषि साथै पुर्बाधार बिकासमा महत्त्वपूर्ण काम गर्न सफल भएको बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबि श्रेष्ठले जनताको आबश्यकता र मागको अधारमा बिकास निर्माणको कार्य तीब्र गतिका साथ गर्न सफल भएको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले प्रथम चौमासिकको कार्य प्रगति प्रस्तुत गर्दै योजना आयोजना हरु विभिन्न चरण अगाडि बढेको बताउनु भयो । पन्थले सफल समुन्नत र सुशासनमैत्रीपुर्ण गाउँ पालीका निर्माणमा सबैपक्ष एकताका साथ लागेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सहसचिब तथा वाड अध्यक्ष कमल पौडेल,नेकपा एमाले गाउँपालिका कमिटी उपाध्यक्ष रुपा प्रधान,नेकपा माओवादी केन्द्रका अध्यक्ष रामलाल पराजुली पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य लगायले महत्त्वपूर्ण भनाई राख्नु भएको थियो ।
कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता सचीव बिनोद गैरेको संचालन सहसचीव हृदय भुसालको स्वागत तथा सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।