१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

भगवती स्वास्थ्य चाैकी भवनकाे उद्घाटन

Workplace

१२ पुस, प्रेमनारायण आचार्य । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्बर ७ काे भगवती स्वास्थ्य चाैकी भवनकाे अाज उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले भवनको उद्घाटन गर्नु भएको हाे । १ कराेड ६५ लाखकाे लागतमा भवन निर्माण भएको हाे ।

भवन उद्घाटन गर्दै अध्यक्ष पाेख्रेलले भाैतिक संरचना निर्माण र गुणस्तरीय सेवा प्रदान गर्न गाउँपालिका लागि परेको बताउनुभयो । उहाँले छत्रदेव गाउँपालिका नेपालकै नमुना गाउँपालिका भएको बताउदै निर्माण भएका संरचनाकाे संरक्षणमा स्थानीय अाफै चनाखो हुनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ , छत्रकाेट गाउँपालिकाका उपाध्यक्ष नर्मदा भण्डारी , प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, सामाजिक विकास समितिका संयाेजक तथा वडा नम्बर ६ का अध्यक्ष कमल पाैडेल, पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्याैपाने, नेपाली कांग्रेसका जिल्ला सहसचिव मेघराज पाण्डे , नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य प्रकाश ज्ञवाली , नेकपा माअाेवादीका जिल्ला सदस्य जंग बहादुर परियार , राष्ट्रिय जनमाेर्चाका जीवनारायण पाण्डे , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण अाचार्य, स्थानीय सरस्वती माविका प्रधनाध्यापक ठाकुर प्रसाद पाण्डे , निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ , महिला स्वास्थ्य स्वयं सेविका राधा पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रममा वडा अध्यक्षहरु प्रकाशराज पन्थी , तेज प्रसाद खनाल , बालकृष्ण श्रेष्ठ, एमाले पालिका उपाध्यक्ष रुपा प्रधान लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम वडा अध्यक्ष शाेभाखर पाण्डेको अध्यक्षता, सदस्य गाेपाल प्रसाद मरासिनीकाे स्वागत मन्तब्य र कमल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हाे ।

कार्यक्रममा जग्गादाता भुवानन्द पाण्डे , निर्माण व्यवसायी श्रेष्ठ कन्ट्रक्सनका सञ्चालक हरि कुमार श्रेष्ठलाई सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै