बैदेशिक रोजगारी छोडेर उद्योगमा रमाउदै अर्घाखाँचीका ४४ बर्षीय खनाल

Workplace

अनिल नेपाली, अर्घाखाँची । वैदेशिक रोजगारमा जाने अधिकांश युवामध्ये थोरैले मात्र राम्रो सफलता प्राप्त गरेको देखिन्छ । तीमध्ये हुन्, अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका ७ पिपलारुख का इन्द्र खनाल जसले १४ बर्ष आफ्नो युवा उमेर बैदेशिक रोजगारीमा बिताए । १४ बर्षको लामो समयसम्म बैदेशिक रोजगारीमा रहदा परिबारलाई त सुखमय तरिकाले राखे राखे त्यसैमाथि गज्जबको सिप सिकेर नेपाल फर्किए । नेपाल फकिर्दा अनौठो किसिमको सिप ल्याए र बुधबार स्थानीय स्तरमा केही गर्नुपर्छ भन्ने मनशायले आफ्नै गाँउमा बिस लाखको लगानीमा मम उद्योग खोले स्थानीय स्तरका मानिसलाई चकित पारिदिए । ४४ बर्षका खनालले अब ३० हजार मासिक कमाउनको लागि युवाहरुलाई विदेश जान नपर्ने बताउदै युवाहरुले सिप सिकेर नेपालमा केही गर्नुपर्ने उनी बताउछन् । उनले खोलेको मम उद्योगको बुधबार पाणिनी गाँउपालिका वडा न ७ का अध्यक्ष गुनाखर अधिकारीले उद्घाटन गरे उद्घाटन गदै अध्यक्ष अघिकारीले गाँउका मानिसहरु बैदेशिक रोजगारीमा दिनाहु दिन गइरहेको बेलामा खनालले कसैको सहयोग विना आफ्नै गाँउमा नयाँ किसिमको व्यबसाय सुरु गरेकोमा बधाई दिदै व्यबसाय सफलताको शुभकामना मात्र दिएन युवालाई प्रोत्साहन गर्नको लागि सरकारले नयाँ खालका कार्यक्रम ल्याउनुपर्ने र पाणिनी गाँउपालिकाले सहयोग गर्ने बताए । खनालले ल्याएको मेशिनबाट दैनिक २००० हजार पिलेट मम उत्पादन हुने उत्पादित ममलाई जिल्ला सदरमुकाममा रहेका बजारका साथसाथै कपिलबस्तु र रुपन्देहीमा समेत पठाउने बताए । युवाहरुको जोस जागर सोचमा परिबर्तन आएमा नेपालमा आफ्नै गाँउमा रहेका स्वदेशी बस्तुको प्रयोग गरेर नयाँ र उन्नत खालका प्रविधि अनुसारको बस्तु उत्पादन गर्न सकिने बताउदै आफुले विदेशमा रहदा १४ बर्षसम्म काम गरेको फुड प्रोडक्सनका काम अब नेपालमा गर्ने बताए । देख्दा सामान्य र सरल देखिने खनालले आफुले खोलेको उद्योगमा परिबारका साथसाथै अरु ४ जनालाई रोजगारी दिने बताए । सरकारले युवाहरुलाई युवा प्रोत्साहन गर्ने खालका नयाँ कार्यक्रम ल्याएमा फेरि नयाँ व्यबसायको सुरुवात गरेर गाँउमा रहेका बेरोजगार युवालाई समेत रोजगारी दिने उनी बताउछन् उनी विदेशमा रहदा पनि मासिक १लाख ५० हजारमा कमाउने गरेको भएतापनि गाँउमा केही गनुपर्छ भन्ने मनशायले सुरुबात गरेको उनी बताउछन् । बैदेशिक रोजगारीबाट फर्किएका अधिकाश युवाले खडखडेरीमा लगानी गर्दा भने खनालले भने मम उद्योगमा लगानी गरेर स्थानीय जनतालाई चकित पारिदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (94%)
  • दुःखी (6%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

0

अर्घाखाँचीमा ८९ हजार ५ सय ३१ मत खस्यो

0
- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै