बहुविवाहमा फरार अभियुक्त ७ वर्षपछि पक्राउ

Workplace

अर्घाखाँची। अर्घाखाँचीमा बहुविवाहमा फरार अभियुक्त ७ बर्षपछि पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका १० बस्ने का ३३ वर्षीय बसन्त नेपालीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नेपालीलाई बहुविवाह मुद्धामा सम्मानित अर्घाखाँची जिल्ला अदालतले २०७१ माघ १३ गते ११ महिना ८ दिन कैद तोकेको थियो । तर उनि फरार रहेका थिए । नेपालीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरीएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै