सुशासन वर्तमान समयकाे अपरिहार्य आवश्यकता : सराेकारवाला

Workplace

बसन्त श्रेष्ठ छापेली, अर्घाखाँची । सुशासन र जवाफदेहिता वर्तमान समयको अपरिहार्य आवश्यकता रहेको सरोकारवालाले बताएका छन । भ्रष्टाचार बिरूद्द अन्तराष्ट्रिय दिवशको अवशरमा सुशासन प्रबद्र्धनमा नागरिक समाजको भूमिका बिषयक अन्तरकृया कार्यक्रममा बोल्ने बत्ताहरुले सुशासनको पक्षलाई आत्मसाथ नगरिदा मुलुकमा अस्वाभाबिक खालका बिकृतिहरु देखिने गरेको बताएका हुन । कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बि.क किशोरले सार्वजनिक, नीजि क्षेत्रमा सुशासनको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले न्यायपालिका, नागरिक समाज लगायतका क्षेत्रमा पनि सुशासन अपहिरार्य आवश्यकता रहेको भन्दै दिवशले सबैमा पारष्परिक जवाफदेहिताको अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो. ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नागरिक समाजको भूमिका पहरेदारी र खबरदारीको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सुशासनको संस्थागत विकासका लागि सरकारले सुशासन ऐन तथा नियमावली निर्माण गरिएको भन्दै सबै सार्वजनिक निकायलाई पारदर्शी र जिम्मेवार बन्न अपिल पनि गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली, सबै सूचना अधिकारीहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिनोद खनाल, नागरिक समाजका अध्यक्ष नन्दलाल उपाध्याय लगायतले दिवशको अवसरमा जिल्लामा सुशासनको अवस्था लगायतका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सुशासन प्रर्बद्धनमा नागरिक समाजको भूमिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्री, सशत्र प्रहरी नायव उपरिक्षक राम कृष्ण मर्हजन, इश्वरी वक्स गुल्मका सेनानी आदित्य सिलवाल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, प्रमुख अनुसन्धान अधिकृत विनय चर्तुवेदी, गैर सरकारी संस्था महांसंघका अध्यक्ष ठाकुर प्रसाद अधिकारी, सुसासन प्रर्वद्धनका लागि जिल्ला स्तरीय नागरिक संजाल संयोजक फर्सुराम पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अध्यक्ष हिम जि.सी लेकाली, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य सुर्य प्रसाद भुसाल लगायतको आथित्यता रहेको थियो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजना, एकीकृत ग्रामीण विकास समाज तथा सुशासन प्रबद्र्धनका लागि जिल्ला स्तरीय सञ्जालको सहयोग तथा समन्वयमा भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका सूचना अधिकारी, नागरिक समाजको प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष अशोक कुमार खनालको अध्यक्षता, सचिव बिनोद गैरेको सञ्चालन र सह सचिव हृदयकुमार भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै