२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

गायक खनालले ल्याए पैसाको बिटो

Workplace

निरु आचार्य नवरश्मी, काठमाण्डौं । गायक तथा सर्जक मोतिराज खनालले सम्पुर्ण संगीतप्रेमी मनहरुको माझमा पैसाको बिटो नामक लोकदोहोरी गीतको भिडियो दर्शक समक्ष लिएर आएका छन । गायक मोतिराज खनालको शब्द तथा लयमा आधारित गीती एल्बम पैसाको बिटोमा गायक खनाल र गयिका लक्ष्मि खड्काको मिठो आवाज सुन्न सकिन्छ ।

अत्यन्त मर्मस्पर्सि गीतको शब्द पनि उत्तिकै मार्मिक र मनछुने खालका छन । जनजिब्रोमा झुण्डिने खालको थेगो चाहिंदैन पैसाको बिटोमायाको बोलीले मन जितो बोलको गीतमा अहिले चर्चामा रहेकी मोडल सजिना लामिछानेको अभिनय रहेको छ ।

लामिछानेले दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन मोडल लामिछाने निर्देशक पनि हुन । यो गीतमा मोडल लामिछानेकै निर्देशन रहेको छ । त्यसैगरी यस गीतका मोडल नव प्रतिभाशाली कलाकार मिलन न्यौपानेको रहेको छ । हेर्दै आकर्षक लाग्ने न्यौपानेको पहिलो प्रयास भएतापनि अभिनय प्रखर रहेको छ । यस गीतको भिडियो छायाङ्कन बिपिन चौलागाइले गरेका हुन ।

सुर संगित रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत ओ एस आरले बजारमा ल्याएको हो । गित संगितको बजारमा निरन्तर अगाडि बढ्दै गरेका खनालले पहिलो दिनमै गीतबाट राम्रो प्रतिक्रिया आएको बताएका छन ।

खनालको गत तीजमा निकालेको जम्काभेट नामक गीतले पनि बजार तताएको थियो । दर्जनौ गीत संगितको साथै खनालका कमेडि सिरियल पनि बजारमा आइसकेका छन । यसैगरी गायिका लक्ष्मि खड्का अहिले गीत संगितमा धमाका पिट्दै छिन ।

मिठो आवाज भएकी खड्काले पनि दर्जन गित गाएकी छन अहिले उनको स्वर रुचाउने दर्शकको ठुलो जमात छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै