हरेक किसिमका विभेदको सबै मिलेर निराकरण गर्नुपर्छः वडा अध्यक्ष पाण्डे

Workplace

नविन रसाईली अर्घाखाँची । छत्रदेव गाउपालिका वडा नं. ७ का वडा अध्यक्ष शोभाखर पाण्डेले समाजमा हुने हरेक किसिमका विभेदको सबै मिलेर निराकरण गर्नुपर्ने बताउनुुभएको छ । एकीकृत ग्रामिण विकास समाज अर्घाखाँचीले छत्रदेव गाउपालिको वडा नं. ७ को वडा कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसाको अन्त्य गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले वडामा हुने विभिन्न आयोजनामा महिलाहरुलाई पनि संयोजक बनाउदै आएको पनि बताउनुभयो । यस्तै उहाँले महिलामाथि हिंसा नगर्ने, महिला हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्ने लगायतका प्रतिवद्धता व्यक्त गनुभयो ।

कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना कार्यक्रम संयोजक हिरा कुंवरले महिलाविरुद्धको हिंसा संरचनागत विभेदको परिणाम रहेको बताउनुभयो । यस विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पित्तृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताउनुभयो । उहाँले १६ दिने अभियानको शुरुवात नेपालमा वि सं २०५४ सालदेखि भएको र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको बतााउनुभयो । नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीय पालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने यो अभियान अर्घांखाँचीमा पनि जारी छ । प्रत्येक वर्ष झैँ यस वर्ष पनि महिला हिंसा अन्त्यका लागि “घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुख्य नाराका साथ १६ दिने अभियान सुरु भएको छ ।

कार्यक्रमको तस्विर

कार्यक्रममा छत्रदेब ७ का वाड अध्यक्ष शोभाखर पाण्डे, एकीकृत ग्रामीण बिकास समाज गुल्मीका पुर्व अध्यक्ष हिरा एसि, जवाफदेहिता परियोजना कार्यक्रम संयोजक हिरा कुवर, वाड सदस्य कमल मरासिनी, स्वास्थ्य कार्यालयका प्रमुख, महिला स्वयमसेवकहरु, सामाजिक व्यक्तित्वहरु ल्गायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको तस्विर

कार्यक्रम एकीकृत ग्रामीण बिकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय भुसालको अध्यक्षता, बसन्त श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै