२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

देश माओबादीको एजेन्डामा चलिरहेको छ ः नेता खनाल

Workplace

अनिल नेपाली, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका स्थाथी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य चक्रमणि खनाल बलदेबले देशमा परिबर्तन ल्याउनको लागि माओबादीको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ । नेकपा माओबादी केन्द्र भुमिकास्थान नगरपालिकाको दोश्रो अधिबेशनलाई आइतबार सम्बोधन गदै नेता खनालले यस्तो बताउनुभएको हो । नेता खनालले माओबादीले देशमा परिबर्तनको जग बसाल्नको लागि महत्वपुर्ण भुमिका खेलेको र माओबादीकै कारण देशमा लोकतन्त्र गणतन्त्र धर्मनिरपेक्षता शासकीय स्वरुप निर्वाचन प्रणालीमा परिबर्तन भएको अहिले देश माओबादीकै एजेन्डामा चलिरहेको अबस्थामा कतिपय माओबादीले स्थापीत गरेका नेता सत्ता शक्ति पदका लागि आफ्नो पहिचान बेचेर एमालेमा पतन भएको बताउदै दुईचार जना अबसरबादी पाटी छोड्दैमा माओबादी नसिदिने बताउदै माओबादी देशमा पहिलो शक्तिकोे रुपमा स्थापित हुने जनताको आँखाको नानी माओबादी भएको बताउदै निति सिद्धान्तमा माओबादी जहिले पनि प्रतिबद्ध रहेको बताए । देशमा नेपाली जनताले कम्युनिस्ट पार्टी विचको एकता लाई हेर्ने चाहेपनि केपी शर्मा ओली कारणले कम्युनिस्ट पार्टी एउटै हुन नसकेको बताउदै केपी शर्मा ओली कम्युनिस्ट पार्टीको सदस्य भन्न लायक पात्र नरहेको बताए ।

एक फरक प्रसँगमा नेता खनालले कम्युनिस्ट विचार धारा भएका शक्तिहरु सँग आफ्नो पार्टीको एकता हुने चुनाबमा कम्युनिस्ट विचाराधाराका पार्टीहरु सँग तालमेल आपसी समसझदारी मोेर्चा बनाएर गएर केपी शर्मा ओली लाई पतन गराउने बताउदै आफ्नो पार्टीको लक्ष्य अब समाजबादी दिसामा केन्द्रित रहने बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज शुशिला श्रीपाली , प्रदेश सचिवालय सदस्य तथा जिल्ला सयोजक ठाकुर कुमार विक प्रदेश सदस्य तथा जिल्ला कार्यालय सदस्य छमकुमारी खनाल चिनारी जिल्ला सल्लाहकार बालकृष्ण बन्जाडे अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय सदस्य सुवासचन्द्र बन्जाडे लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै माओबादी प्रति जिल्लामा जनलहर चलेको बताउदै जनताको एजेन्डामा परिबर्तन गर्ने पार्टी माओबादी भएको बताउदै कतिपय नेताले विकास समृद्धि कुरा गरेता पनि व्यबहारमा लागु गर्न नसकेको बताए ।

कार्यक्रममा सन्धिखर्कका अध्यक्ष राजेन्द्र भुसाल उपाध्यक्ष कृष्णहरि भुसाल शुभेच्छुक सगठनका प्रमुख तथा प्रतिनिधि लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको रहेको थियो कार्यक्रममा माओबादी भुमिकास्थान नगर अध्यक्ष ठाकुर सौरागको अध्यक्षता सचिब शिब आचार्यको सञ्चालन जिल्ला सदस्य नरेन्द्र मुखियाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधि पर्यबेक्षक लगायतको उपस्थिति रहेको सम्मेलनले आज नै बन्द शत्र मार्फन नयाँ नेतृत्व चयन गर्ने बताए कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने करिब ५० जनालाई माओबादीमा फुलमाला सहित स्वागत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै