
हृदय भुसाल अर्घाखाँची । नेकपा (एकीकृत समाजबादी) अर्घाखाँचीले सनिवार जिल्लाको सदरमुकाम सन्धिखर्कमा एक विशेष कार्यक्रमका बीच जिल्ला स्तरिय अगुवाइ कार्यकर्ता भेला गर्न लागेको तयारी पूरा भएको अध्यक्ष राम बहादुर चौहानले जानकारी दिए ।
पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रममा जिल्लाभरका सबै वडाबाट कार्यकर्ता सहभागी हुने कार्यक्रमका मिडिया सयोजक नारायण शर्माले बताए । शान्ति प्रक्रियाका नायक, नेपाली,सबिधानका रक्षक राजनीतिका सिखर ब्यक्तित्व जिल्ला आउदै गर्दा युवा संघले सितगङा नगरपालिका बाटै नै स्वागत गर्ने कार्यक्रम रहेको युबा संघका केन्द्रिय सचीव सुशील भट्टराईले बताए ।
बृहत जिल्लास्तरिय कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागीता हुने युबा संघका जिल्ला अध्यक्ष पुष्कर पौडेलले बताए । प्रशिक्षणमुलक कार्यक्रम निकै भब्य ऐतिहासिक र महत्त्वपूर्ण हुने अनेरास्ववियुका अध्यक्ष सागर परियारले जानकारी दिए ।कार्यक्रमका सास्कृतीक महासङ अर्घाखाँचीको सास्कृतिक प्रस्तुति तथा विभिन्न खालका चरणबद्व कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ
।कार्यक्रममा नेकपा एकीकृत समाजबादीका लुम्बिनी प्रदेश इन्चार्ज भागबत बिस्वासी,प्रदेश अध्यक्ष मेटमणि चौधरी,केन्द्रिय सदस्य मोहन गौतम,पिताम्बर भुसाल पिताम्बर सारु,लक्ष्मी गौतम लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।