१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

भुमिकास्थान नगरपालिकाकाे प्रथम चौमासिक प्रगती विवरण सार्वजनिक

Workplace

लक्ष्मण घिमिरे, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले प्रथम चौमासिक प्रगती विवरण सार्वजनिक गरेको छ । नगरपालिका परिसरमा भएको प्रथम चौमासिक प्रगती समिक्षा कार्यक्रममा पहिलो चौमासिकमा सम्पादित कार्यहरुको विवरण सार्वजनिक गरेको हो ।

विषयगत शाखाका शाखा प्रमुखहरुले आ–आफ्नो शाखाको प्रगती विवरण पेश गरेका नगरका सुचना अधिकारी हरिशचन्द्र भुसालले जानकारी दिए । नगरबाट भएका काम, योजना, कार्यक्रम तथा सेवा प्रवाह बारे कार्यक्रममा समिक्षा गरिएको थियो । समिक्षा समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीले अहिलेको प्रथम चौमासिक समिक्षाले आगामी दिनको मार्गदर्शन तय गर्ने बताए । कार्यसम्पादनलाई प्रभावकारी बनाउन उनले कर्मचारीहरुलाई काडाईका साथ निर्देशन दिएका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख रेशम थापाले नगरमा भएगरेका कामहरु सही ढंगले अँगाडी बढेको दावी गरे । नगरले आफ्नै बजेटबाट १२ किलोमिटर बाटो कालोपत्रे गरेको भन्दै अन्य क्षेत्रमा पनी नगरपालिकाले राम्रै प्रगती हासिल गरेको उनको भनाई छ ।

प्रगती समिक्षा कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, पशु सेवा शाखा, कृषी विकास शाखा, उद्योग तथा व्यापार प्रवर्धन शाखा, राजश्व शाखा, विपद् व्यवस्थापन शाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा, योजना शाखा र आर्थिक प्रशासन शाखाले पहिलो चौमासिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नगर उपसचिव झुपलाल खनाल, नेपाली कांग्रेसका नगर उपसभापती रोमबहादुर बस्नेत, राष्ट्रिय जनमोर्चाका चेतनारायण गैरे, एकिकृत समाजवादीका नगर ईन्चार्ज झविलाल भट्टराई, वडाअध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, पत्रकार लक्ष्मण घिमिरे, बिष्णु खनाल, नगरका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

नगरप्रमुख रेशम थापाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्रीको बिषय प्रवेश तथा शेषकान्त घिमिरे ओशनको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै