एमालेमा अध्यक्षका लागि केपी ओली र भिम रावल बिच चुनाव हुने

Workplace

कठमाण्डौं । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।

Workplace

चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ । निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ ।
आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लैजानुभएको छ ।

यस्तै नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेको अध्यक्ष मण्डलको बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ ।

तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै