अर्घाखाँचीमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमिटी गठन

Workplace

नवीन रसाइली, अर्घाखाँची । अर्घाखाँची जिल्लामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकट शिक्षक संगठनले ५१ सदस्य सहितको शिक्षक संगठन जिल्ला कमिटी गठन गरेको हो ।

Workplace

सनिवार नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा बसेको शिक्षक संगठनको बैठकले दिनामणी बेल्वासेको नेतृत्वमा ५१ सदस्य शिक्षक संगठन कमिटी गठन गरेको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बर भुसाल, नेकपा (एकीकृत समाजबादी) जिल्ला अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्वि प्रसाद भुसाल, सचिव युवराज पौडेल, सहसचिव हृदय कमार भुसाल, अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मा, युवा संघ नेपाल जिल्ला अध्यक्ष पुष्कर पौडेल, अनेरास्ववियूका जिल्ला अध्यक्ष सागर परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (56%)
  • दुःखी (11%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (11%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै