नेता रायमाझीले पाटी छोडेको खुशीमा पञ्चेबाजा सहित अबिधेसन गर्याै: रेस्मी

Workplace

अराज बेल्वासे, अर्घाखाँची । नेकपा माओबादी केन्द्र सितगंगा नगरपालिकाकाे दाेस्राे नगर अधिवेशन शितगंगामा सम्पन्न भएकाे छ । माओवादी केन्द्रका प्रदेश सदस्य भक्त बहादुर पुनकाे प्रमुख आथित्यतामा भएको अधिबेशनमा सितगंगाका १४ वडाबाट प्रतिनिधी सहभागिभएका थिए ।

Workplace

अधिबेशनकाे अवसरमा सानादह देखि र्याली सहित कार्यक्रताहरु सहभागी भएका थिए । कार्यक्रममा सहिद परिवारका सदस्यलाई सम्मान समेत गरिएकाे थियाे ।

अधिवेशनको सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता टिका रेस्मीले माओबादी केन्द्रबाट पटक पटक मन्त्रीको लाभमा पुगेका नेता टोप बहादुर रायमाझी र उनको समुहले पाटी छाडे पछि माओवादी झनै सुढृकरण भएको बताएका छन् । सधै लाभ लिइरहेका रायमाझीले पाटी छाड्दा कार्यक्रतामा कुनै निरासा नरहेको बताए । यस्तै रेस्मिले पञ्चेबाजा सहित अमराई सानादह र ठाडा दह सम्म पञ्चेबाजा सहितको र्याली गर्नुको मुख्य कारण टोप बहादुर रायमाझी र अबसरबादी उनका समुह गएको खुशीमा पञ्चेबाजा सहित उनिहरुको बिदाईमा माओवादी कार्यकर्ताले खुशी मनाएको बताए ।

माओबादी केन्द्रको शितगंगा नगर अधिवेशन आज जारी छ । १४ वडा बाट आएका प्रतिनिधीले नयाँ नेत्तृत्व चयन गर्ने छ । अध्यक्षमा हालका अध्यक्ष मणि अधिकारी र टिका रेस्मिको आकांक्षा रहेको एक कार्यक्रताले बताए ।

कार्यक्रममा विभिन्न पाटी परित्याग गरि दर्जनाै कार्यक्रता माओबादीमा प्रबेस गरेका थिए नगर कमिटी अध्यक्ष मणि अधिकारीकाे अध्यक्षता, गाेकुल परियारकाे सञ्चालन भुपाल सारुकाे स्वागत तथा विभिन्न पाटीका प्रतिनिधि माओबादी केन्द्रका विभिन्न कमिटीका नेता कार्यक्रताहरुका उपस्थितिमा खुला सत्र सम्पन्न भएकाे थियाे । नेकपा माओेबादी केन्द्र अर्घाखाँचीले आज जिल्लाका ४ स्थानिय तहमा अधिबेशन सम्प्नन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै