सोलुखुम्बुमा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने

Workplace

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान मङ्सिर १४ गते हुने भएको हो ।

Workplace

नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन । जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधान अनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।

पार्टीको विधान अनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार भएको खण्डमा कुनै पनि उम्मेदवारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो । कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो । सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गरेका थिए ।

सबैभन्दा कम मत प्राप्त गर्नुभएका उम्मेदवार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ । मङ्सिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै