
अर्घाखाँची । अर्घाखाँची जिल्लामा भएको नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनको निर्वाचनबाट सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । केशव श्रेष्ठ ७३१ मत सहित विजयी भएका हुन ।
यस्तै प्रतिस्पर्धी इन्द्रमणि पौडेलले ३५२ र यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् भने २७ मत बदर भएका छन् ।
मंगलवार राती ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा १४३८ मध्ये १४२१ मत खसेको थियो ।
निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरि केन्द्रिय महाधिवेशनमा उम्मेदारी दर्ता गरेपछि महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिडेका थिए ।