सहिद घाइते परिवारको सपनालाई साकार पाछौ: नेकपा सेक्रेटरी

Workplace

अनिल नेपाली अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले आठौ पार्टी पुनर्गठन स्थापना दिबसको अबसरमा केन्द्रिय निणर्य अनुसार आज अर्घाखाँची जिल्लामा मोटरसाईकल र्‍याली सम्पन्न गरेको छ ।

अर्घाखाँचीको चुत्राबेशीबाट सुरु भएको बाईक र्‍याली सदरमुकामका विभिन्न चोक चोक गल्ली गल्लीमा आई पुन भक्तिटोला चोकमा आई कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल र्‍याली

कोणसभालाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले नेपालको परिबर्तीत आन्दोलनमा आफ्नो पार्टीको ठुलो भुमिका रहेको बताउदै केही शासकहरुले परिबर्तनलाई उल्टाउनका लागि सहिद परिबा रघाइते परिबारको सपनालाई कुल्चेर संसदीय व्यबस्थामा आत्मसमर्पण गर्नु क्रान्ति प्रति आन्दोलन प्रति धोका भएको बताउदै सहिद परिबार घाइते बेपत्ता परिबारको सपनालाई साकार पार्नकोे लागि प्रतिक्रियाबादी तत्वले लुकाएर राखेको झण्डालाई आफुहरुले पुन उजागर गरेर नेपालमा नया क्रान्तिको सुरुबात गरेको बताउदै नेपालमा नेपाली जनताले बैज्ञानिक समाजबादलाई आत्मसात गरे पनि नेपालमा केही प्रतिक्रियाबादी दलालले व्यबस्थाप्रति धोका दिएको बताए ।

एक फरक प्रसगमा कुराकानी गदै नेपालमा ससदीय व्यबस्थाले निकास दिन नसक्ने हुदा जनता बैज्ञानिक समाजबादको पक्षमा दृढतापुर्बक अगाडि बढ्ने बताउदै जनताको शक्तिलाई कसैले पनि रोक्न नसक्ने बताउदै जनताको आन्दोलन र जनताको मागलाई आफुहरुले पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउदै पार्टीले सहिद परिबार घाइते परिबारको सपनालाई साकार बनाउनको लागि पार्टी पुर्नगठन दिबस मनाउन लागेको बताए ।

कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रिय समितिका सदस्य तथा पार्टीका जिल्ला सदस्य नबिन खड्काले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै