
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयमा ६१ सदस्य सहितको विद्यालय कमिटी गरिएको छ । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले सोमबार विद्यालय कमिटी गठन गरेको हो ।

जसको अध्यक्षमा रवि नेपाली, उपाध्यक्षमा सिन्जु सिंह ठकुरी, सचिवमा समीर कार्कि, सहसचिवमा नवीन चुँदाली र कोषाध्यक्षमा प्रतिमा नेपाली रहेका छन् ।
संगठन विस्तार कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष सागर परियार, उपाध्यक्ष आशिष भुसालले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
यस्तै कार्यक्रम सागर परियारको अध्यक्षता र सह सचिव नविन रसाइलीको सञ्चालनमा सम्पन्न भएको हो ।



