२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

जनता कृष्ण मा. वि सन्धिखर्कको ६२ औं वार्षिकोत्सब

Workplace

अर्घाखाँची । नमुना विद्यालयकाे रूपमा रहेकाे जनता कृष्ण मावि सन्धिखर्क ८ ले ६२ अाैं वार्षिकोत्सब सम्पन्न गरेकाे छ । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विककाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख मञ्जु अाचार्य, ८ नं.का कार्यवाहक वडा अध्यक्ष नारायण अर्याल, निवृत्त शिक्षक हरि प्रसाद भुसाल, वि.व्य.स पूर्व अध्यक्ष नारायण पाैडेल, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य हरिप्रसाद भुसाल, नुवाकोट माविका प्रअ पानबहादुर खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष सुमन केसी,समाजसेवी भाेजराज भुसाल, पत्रकार तथा पूर्व विद्यार्थी अर्जुन भुसाल लगायतले मन्तव्य राख्दै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान पुर्याउन विद्यालयलाई अाग्रह गरेका थिए । सहायक प्रअ यम प्रसाद शर्माले विद्यालयकाे अाय व्यय प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमको तस्बिर

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतमणि पाैडेलकाे अध्यक्षता, प्रअ नारायण पाैडेलकाे स्वागत मन्तव्य र सहायक प्रअ जनक बस्याल र शिक्षक प्रकाश भुसालकाे सञ्चालनमा सम्पन्न भयाे ।

कार्यक्रममा विद्यार्थीहरूलाई पुरस्कार र छात्रवृत्ति वितरण गरियाे । विद्यार्थीहरूले गरेकाे सांगीतिक प्रस्तुतीबाट अतिथि तथा सहभागीले मनाेरञ्जन लिएका थिए । सेवा निवृत्त शिक्षक तथा विद्यालयलाई याेगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान समेत गरियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै