
अर्घाखाँची । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत मसिर ३ गते सन्धिखर्कको पाणीनि क्याम्पसमा भएको अर्घाखाँची क्षेत्र नम्बर १(क) को निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
सभापती पदका उम्मेदवार राजेस पन्थीले ३४२ मत सहित बिजयी भईका छन् । अर्का सभापति पदका उम्मेदवार हुम प्रसाद बन्जाडेले ३२४ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापति पदका उम्मेदवारहरु नारायण चुदाली ३४५ र धर्मराज पाण्डे ३१७ मत सहित विजयी भएका छन् भने नगेन्द्र प्रसाद खनालले २४५, कृष्ण कुमार बस्यालले १९०, किरण पोख्रेलले १४७ मत प्राप्त गरेका छन् ।
सचिव पदका उम्मेदवारहरु नारायण प्रसाद भुसाल ३७२ र कृष्ण प्रसाद भुसाल ३०० मत सहित विजयी भएका छन् भने नवीन पौडेलले २६१ र विशाल आचार्यले २४९ मत प्राप्त गरेका छन् ।
यस्तै सह-सचीव पदका उम्मेदवारहरु गणेश भुसाल र रामबहादुर रायमाझी (निर्विरोध) चयन भएका छन् ।
अल्पसंख्यक अपांग मुस्लिम तर्फ रम्तली मिया (निर्विरोध), खुला महिलातर्फ हुमकला भुसाल (निर्विरोध), जमुना आचार्य (निर्विरोध), लक्ष्मी अधिकारी पौडेल (निर्विरोध), चयन भएका छन् ।
यस्तै पुरुष खस आर्य ब तर्फका उम्मेदवारहरु गोपाल प्रसाद खनाल ३५८ र गोपाल प्रसाद पन्थी २७७ मत सहित विवयी भएका छन् भने राजेन्द्र आचार्यले २२८, रमेस पाण्डेले १८९, चन्द्र बहादुर टण्डनले १६० मत प्राप्त गरेका छन् ।
दलित तर्फका उमेदवार लोकेन्द्र बहादुर बिक ३५८ मत सहित विवयी भएका छन् भने गोपाल बहादुर सुनारले २७२ मत प्राप्त गरेका छन् ।
महिला खस आर्य तर्फ राधा आचार्य ४३५ र भानु खनाल ३८१ मत सहित विजयी भएका छन् भने माया पन्थीले ३६२ मत प्राप्त गरेकी छन् ।
यस्तै प्रदेश प्रतिनिधिहरुमा तारा प्रसाद फुल्लेलले ४११, लक्ष्मण पन्थीले ३५६, टिकाराम बन्जाडेले ३५६, राजेन्द्र भट्टराईले ३४३, ठाकुर पन्थीले २७८, प्रेम नारायण आचार्यले २६५, बिकास पान्डेले २२७ मत सहित बिजयी भएका छन् भने ओमहरि आचार्यले १८९,कृष्ण भुसालले १५४, कृष्ण प्रसाद बेल्बासेले २१०, खिमानन्द खनालले १०४, जनक बहादुर कुवरले १६३, जिवनराज टन्डनले १०५, थानिस्वर खनालले १५४, थानेस्वर पोख्रेलले १४८, नेत्र प्रसाद भुसालले ११८, बाबुराम भुसाल क्षेत्रीले १५५, बिश्नु प्रसाद पान्डेले ११३, बिश्नु प्रसाद भुसालले ९०, माधब प्रसाद भुसालले २०५, युबराज खनालल १२३ मत प्राप्त गरेका छन् ।