१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

कांग्रेसको १४ औँ महाधिवेशन : आज प्रदेश सभा क्षेत्रमा निर्वाचन हुँदै

Workplace

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुँदैछ ।

देशभरका तीन सय तीस प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश तहको अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो ।

प्राविधिक कारणले कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पर्सि ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुनेछ । पार्टीका गाउँ तथा नगरपालिकाका वडास्तरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाको एकाइ अध्यक्षले प्रदेशको निर्वाचनमा सहभागिता जनाउने छन् ।

क्षेत्रीय प्रतिनिधिले आफूहरूमध्येबाट अध्यक्षसहित १६ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । त्यस्तै १६ जना प्रदेश निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधिको चयन गर्नेछ । प्रदेशको निर्वाचन क्षेत्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले प्रदेशको सभापतिलगायतका पदाधिकारी चयन गर्नेछन् ।

सबै प्रदेशमा गरेर पाँच हजारभन्दा बढी प्रदेश क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । कांग्रेसले आउँदो मङ्सिर १६ र १७ गते सातवटै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै