
हृदय भुसाल अर्घाखाँची ।नेपाली काग्रेसको १४औं महाधिवेशन तथा जिल्ला अधिबेशनको मिति नजिकिदै गर्दा प्रचार प्रसार तथा उम्मेदवारी घोषणा निकै बढेको छ । नेपाली काग्रेस जिल्ला प्रचार तथा प्रकाशन बिभाग प्रमुख माधब पौडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उम्मेदवारी घोषणा गर्दै पौडेलले भन्नुभयो , महाधिवेशनमा प्रतिनिधिको रुपमा अहिले आउनेजाने जति सबै काङ्ग्रेसजनको सख्या जति छ त्यो एक भएर अघि बढेमात्र हरेक निर्वाचन काङ्ग्रेसको पक्षमा आउँछ र अन्य पार्टिको मान्छे काङ्ग्रेस मा प्रवेस पनि गर्छन त्यसकारण काङ्ग्रेस एक जुट बनाउने र सबै काग्रेसीहरुको मन जोडी एकताबद्ध र सक्षम काग्रेस निर्माणका लागी उम्मेदवार दिएको बताउनु भयो,। २०३७ साल बाट विद्यार्थी राजनीति नेबिसङ बाट राजनीति सुरु गर्नु भएका पौडेलले २०४६ सालमा दाङको जनता क्याम्पस कमिटीमा पदाधिकारी भैई सफलतापुर्बक जिम्मेवारी पूरा गर्दै गर्दा ०४६ सालको जनआन्दोलनमा प्रहरीको दमन सगै लड्दै गर्दा केहि दिन हिरासतमा पनि पर्नु भयो । बहुदलीय व्यबस्था आएपोछी निकै कृयाशिल भैई गाउँ गाउमा काग्रेसको सगठन निर्माणमा निकै लाग्नु भएका पौडेल निकै सरल र सहज लोकप्रिय युबा नेताको रुपमा परिचय बनाउनु भएको छ । निकै उर्जावान,गतिशील राजनीति सगै सामाजिक काममा समेत कृयाशिल रहदै आउनु भएका पौडेल शैक्षिक क्षेत्रको बिकासमा पनि जिल्लामा नाम उतिकै अगाडी आउँने गर्द्छ । जिल्लाको सिद्वारा जस्तो निकै बिकट क्षेत्रको बिधालयमा पनि बिब्यस अध्यक्ष भैइ सफल र कुशल नेतृत्व गरि बिधालयलाई नमुना बनाई पुरस्कृत हुने नाम हो माधब पौडेल । कार्यकर्ताको भावना बुझने निकै सहयोगी,मिलनसार स्वभाव भएका पौडेल सधैं पार्टीलाई गुटबन्दी बाट बचाई एकताबद्व बनाउन लागी रहने नेता मध्य एक हुन् ।काममा बिश्वास गर्ने पार्टी पद्धतिलाई मान्ने सफल र सरल नेता भएको कार्यकर्ता हरुले बताएका छन् । विभिन्न सामाजिक सघ सस्थाको समेत नेतृत्व गरेका पौडेल कुसलता पुर्बक नेतृत्व गर्नु भएको सफल ब्यक्तिको रुपमा उहाँलाई चिन्ने गरिन्छ ।