राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने

Workplace

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।

साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै