अर्घाखाँचीमा माओवादी केन्द्रको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Workplace

अशोक खनाल अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द) जिल्ला समन्वय समिति अर्घाखाँची को बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

माओबादी केन्द्र का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा का प्रमुख सचेतक तुलाराम घर्ती वसन्त को प्रमुख आतिथ्यता मा सम्पन्न बैठकले केन्द्र प्रदेश को निर्णय अनुसार मंसिर ४ गते जिल्ला का ६१ वटै वडा हरुमा वडा अधिबेशन सम्पन्न गर्ने साथै मंसिर ११ गते स्थानीय पालिका अधिबेशन पनि एकै साथ गर्ने निर्णय गरेको छ।

साथै बैठकमा पार्टी सदस्य नवीकरण बुधबार बेलुका सम्म ५००० सदस्य नवीकरण भइ सकेको र बिहिवार सम्म नवीकरण थापिने जानकारी गराइएको थियो ।

बैठकमा नेता घर्ती ले सदस्य हरुलाइ राजनैतिक तथा बैचारिक प्रशिक्षण दिएका थिए ।
बैठक जिल्ला संयोजक ठाकुर कुमार बिक को अध्यक्षता कार्यलय सदस्य राजेन्द्र भुसाल को परिपत्र बाचन तथा बिष्णु केसि विवेक को संचालन सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै