१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

शारीरिक अपाङ्ग भएका श्याम लाल नेपालीलाई आर्थिक सहयोग

Workplace

अशोक खनाल अर्घाखाँची । जिल्ला को सन्धिखर्क नगरपालिका वडा न. ९ नौलापानी निवासी ४९ बषिया श्यामलाल नेपाली लाई विभिन्न सहयोग दाता हरुले आर्थिक सहयोग गरेका छन्।

बिगत १३,१४ बर्ष देखी शारीरिक अपांगता भएका उनलाई सन्धिखर्क स्थित होटल ओल्ड एभरेस्टका प्रोपाइटर मोहन सिंह ठकुरी को पहल र वडा न.१० निवासी साथी होटेल का संचालक राजेन्द्र जिसि तथा समाजसेवी चिरन पराजुली को समन्वय मा सहयोग प्रदान भएको छ।

प्युठान जिल्लाको बिजुवार स्थाइ घर भइ हाल अमेरिका बस्दै आउनु भएका कृष्ण बिस्ट र उहाँ को श्रीमती इन्दिरा भुसाल बिस्टले क्रमश ५००१,५००१ तथा सामाजिक अभियान्ता मोहन सिंह ठकुरीले २५०० आर्थिक सहयोग प्रदान गरेका छन् ।

उक्त सहयोग रकम निज श्यामलाल नेपाली लाई उनकै घरमा पुगि हस्तान्तरण गरिएको छ। ​उक्त रकम प्राप्त भए प्रश्यात निज श्यामलाल एम्बुलेन्स मार्फत भोलि नै उपचारको लागी जाने चिरन पराजुलीले जानकारी गराएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै