१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

कैलालीमा भीम रावल पक्षको छुट्टै प्रतिनिधि छनोट भेला

Workplace

धनगढी – कैलाली क्षेत्र नम्बर–२ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ।

मंगलबार कैलाली क्षेत्र नम्बर–२ मा एमालेले महाधिवेशन प्रतिनिधि छनोट गरेको थियो। तर भीम रावल पक्षले मंगलबार भएको उक्त छनोटलाई नमान्ने भन्दै बुधबार फेरि महाधिवेशन प्रतिनिधि छनोटका लागि भेला बोलाएको छ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाईले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनोट भेला आह्वान गरेका छन्। उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन्।

मंगलबार भएको प्रतिनिधि छनोट पार्टीको नभई गुटको आयोजनामा भएको उनी बताउँछन्। ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महाधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्’, बजगाईले भने, ‘त्यो भ्रम छर्ने काममात्रै हो। क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन। बुधबारमात्रै हामीले महाधिवेशन प्रतिनिधि छनोट गर्दैछौं।’

बजगाई एमाले उपाध्यक्ष भीम रावल निकट हुन्। एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार गरिएको प्रतिनिधि छनोट पार्टीको आधिकारिक भएको बताए। उनले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको जानकारी दिए। अध्यक्ष थापाले पार्टीका विरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले भनेका छन्, ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँकतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रमबाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन्। पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरी उचित कारबाहीको विषय बनाउने छ। र, त्यस्ता कार्यक्रममा भूलबस पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरुलाई सूचित गरिन्छ। अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन। त्यसैले कसैको उस्काहट, इगो र पार्टीको आन्तरिक जीवनलाई विरोधी शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चँदै दसौं महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै