२० मंसिर २०८०, बुधबार
२० मंसिर २०८०, बुधबार

काग्रेसलाई आम जनताको आकर्षणको पार्टी बनाउन सचीवमा मेरो उम्मेदवार :अच्युत गौतम

Workplace

हृदय भुसाल अर्घाखाँची । नेपाली काग्रेसको अधिबेशन नजिकिदै जादा जिल्लामा अधिबेशनको माहोल निकै तातेको देखिन्छ विभिन्न पदहरुमा नेताहरुले उम्मेदवारी घोषणा गरि रहेका छ्न । यसै सन्दर्भमा पाणिनी गाउँपालीका अध्यक्ष अच्युत गौतमले जिल्ला सचीवमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

राजनीति परिवारमा जन्मिनु भएका गौतम बिद्यार्थी जिबनबाट राजनीतिमा निकै सकृय हुँदै निरन्तर रुपमा अगाडी आउनु भएको छ ।गौतम हाल प्रदेश निर्वाचन क्षेत्रीय सभापतिको रुपमा आफुलाई सफल र अब्बल बनाउनु भएको छ । गौतमले काग्रेसलाई आम जनताको आकर्षक र रोजाईको पार्टी बनाउन आफुले सचीव पदमा उम्मेदवारी दिएको र सबै प्रतिनिधिहरुलाई अमुल्य मत दिन आग्रह समेत गर्नु भएको छ । हरेक क्षेत्रमा सफलता हासिल गर्नु भएका गौतमले ब्याबसायिक कृषि फम संचालन गरि युवाहरु रोजगार दिई सबै नेता कार्यकर्ता उत्पादनमा जोड्नु पर्छ भन्ने सन्देश दिनु भएको छ । निकै सरल,असल र सफल युवा नेताको रुपमा आफनो पहिचान गराउनु भएका गौतम जनता र कार्यकर्ताको बिचमा निकै लोकप्रिय नेताको छवि बनाउन सफल हुनु भएको छ । गौतमले आफनो पालिकामा बिकासको कामलाई गति का साथ अगाडी बढाएको र जनताको माग र आबस्यकताको आधारमा काम गरेकोले पालिकामा काग्रेसमा आकर्षण बढेको स्थानिय कार्यकर्ताले बताए । पछिल्लो समय गौतमले विभिन्न वाडबाट पार्टी प्रवेश गराई रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (82%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (18%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै