मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी

Workplace

कालीकाेट – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।

अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।

अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै