बन्दका कारण जनजीवन प्रभावित

Workplace

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

Workplace

धेरैजसो ठाउँमा लामो तथा छोटो दुरीका यातायात चलेका छैनन् । नेकपाले पेट्रोलियम पदार्थको मुल्य बृद्धीको विरोध गर्दै नेपाल बन्दको घोषणा गरेको हो ।

बन्दको प्रभाव अर्घाखाँचीमा पनि गरेको बन्द प्रभाव परेको छ । बन्दले यातयातका साधन चलेका छैन भने बिहान देखि सडक सुनसाम भएको छ ।यात्रुहरुले गन्तव्यमा जान सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् ।

आज नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा ‘विप्लव’ नेतृत्वको नेकपाले आग्रह गरेको छ ।

अर्घाखाँची सन्धिखर्क । तस्विर नविन रसाईली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै