
अशोक खनाल अर्घाखाँची । अर्घाखाँचीमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सनिवार प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो । सम्मेलनले ऋषिराम भुसालको अध्यक्षतामा २१ सदस्यसिय कार्यसमितीको सर्बसम्मत चयन गरेको छ।
अधिवेशनमा नेकपा (माओबादी केन्द्र) प्रदेश कमिटीका सचिवालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिकको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिवालय सदस्य लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस सल्लाहकार मानसिंह बिकको बिशिस्ट आतिथ्यता रहेको थियो ।
अधिबेशन उदघाटन कार्यक्रममा माओबादी केन्द्रकि लुम्बिनी प्रदेश सदस्य महिला नेतृ छम कुमारी खनाल, पार्टी कार्यलय सदस्य राजेन्द्र भुसाल, प्रेस सेन्टरकि केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघकि केन्द्रिय सदस्य राधा नेपाली, प्रेस सेन्टरका केन्द्रिय सदस्य जिल्ला इन्चार्ज तथा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनाल, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष तथा प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द केसि, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सचीव बिनोद गैर, कोषाध्यक्ष रुद्रमिण भुसाल, प्रेस चौतारिका प्रतिनिधि नवीन केसी, प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्री, समाजबादी प्रेस संगठनका प्रतिनिधि सागर परियार, स्वतन्त्र पत्रकार संघका अध्यक्ष हरि भुसाल, वाइसीएल नेपालका केन्द्रिय सचिवालय सदस्य ठाकुर सौराग (आदश), अखिल क्रान्तिकारिका जिल्ला अध्यक्ष सुदिप खनाल लगायत को उपस्थित रहेको थियो ।
उदघाटन कार्यक्रमका माओबादी केन्द्रका नेता ठाकुर कुमार बिक, सेन्टरका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश संयोजक मानसिंह बिक, माओबादी प्रदेश समिति सदस्य छम कुमारी खनाल, वाइसीएलका केन्द्रिय सचिवालय सदस्य ठाकुर सौराग, प्रेस सेन्टर कि केन्द्रिय सदस्य राधा नेपाली, सेन्टरका केन्द्रिय सदस्य अशोक खनाल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बिरेन्द केसि, प्रेस चौतारीका प्रतिनिधि नवीन केसि, प्रेस युनियनका केन्द्रिय पार्शद रुद्रमणि भुसाल, प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष जितेन्द्र खत्री, समाजबादी प्रेस सङठनका प्रतिनिधि शागर परियार, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष हरि भुसालले अधिबेशन सफलता को शुभकामना ब्यक्त गरेका थिए ।
उदघाटन प्रश्यात भएको बन्दशत्र बाट ऋषिराम भुसालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समितिको सर्बसम्मत चयन भएको छ जसको उपाध्यक्षमा गणेश बेल्बासे, महिला उपाध्यक्षमा सृजना नेपाली, सचीवमा बसन्त बिक, सहसचीवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा कमला थापा र सदस्यहरुमा रमिता नेपाली, डिललाल पन्थी, बलाराम खनाल, सगुन तन्नामी, कृष्ण पराजुली, सन्तोष आले, अरुण आचार्य, कल्पना नेपाली, लक्ष्मण खड्का, अनिता रास्कोटी, प्रकाश भट्टराई र लक्ष्मण उचाई रहेका छन् एक सहसचिव र दुई सदस्य पछि थप्ने गरि सर्बसम्मत समितिको चयन गरिएको थियोे । ऋषिराम भुसाल को अध्यक्षता बाबुराम रसाइली को स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको संचालन गणेश बेल्बासेले गरेका थिए ।
