अर्घाखाँचीका एक विद्यार्थीले बनाए ब्याक गियर सहितको इलेक्ट्रोनिक मोटरसाइकल

Workplace

नवीन रसाइली । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ पाणिनी चोकका १२ कक्षामा पढ्ने सागर पोख्रेलले ब्याक गेयर सहितको इलेक्ट्रोनिक मोटरसाइकल निर्माण निर्माण गरेका छन् । उनले कुनै तालिम बिना मोटरसाइकल बनाएका हुन् ।

पोख्रेलले गाउँघरमै रहेका बस्तुहरुको संकलन गरि मोटरसाइकल बनाएको बताए । उनलेे यसभन्दा अघि पनि गाउँघरमै भएका सामान संकलन गरि जेसिबि, स्काभेटर निर्माण गरेको बताए ।

यस्तै उनले भने ‘सानो उमेरमा कागजका बनाउँथे, अहिले जीवनमा प्रयोगमा आउने साधन बनाए । कसैबाट सहयोग पाएमा व्यवसायिक रुपमा इलेक्ट्रोनिक मोटरसाइकल निर्माण गर्ने उनले बताए । उनलाई घर परिवारको पुर्ण सहयोग छ । सागरले मोटरसाइकलको बनावटको बारेमा पनि प्रष्ट पारेका थिए ।

पोख्रेलले बनाएको इलेक्ट्रोनिक मोटरसाइकलको बिहीबार सन्धिखर्कको टुडिखेलमा डेमो प्रदर्शन गरिएको । औपचारिक कार्यक्रमको आयोजना गरी उनले बनाएको मोटरसाइकल टुडीखेलमा दौडाएर समेत देखाइएको थियो । मोटरसाइकल सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले समेत दौडाएका थिए ।

उक्त बाईकको नाम ELECTRO MASB राखिएको छ । यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सागरको प्रोत्साहन स्वरुप रु ५,००० सहयोग गरेको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, जिल्ला शिक्षा समन्यव इकाइका प्रमुख मणिराम पराजुली, सन्धिखर्क १ का वडा अध्यक्ष युवराज बन्जाडे, १२ का वडा अध्यक्ष नारायण खड्का, वडा सचिव अनन्तमणि पोखरेल लगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (4%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

भर्खरै